अर्किडबाट बिदा भए ९ औँ ब्याचका विध्यार्थी

0

कोशी अनलाइन
चैत २९, मोरङ, मोरङको विराटनगर- १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत ९ औँ ब्याचका विध्यार्थीहरूको बिदाइ गरेको छ । बिहीबार कलेज परिसरमा एक कार्यक्रम गरी उनीहरूको बिदाइ गरिएको हो ।

कलेजबाट विज्ञान तथा व्यवस्थापन संकायका तीन सय ८७ जना अध्ययनरत विध्यार्थीहरू बिदा भएका हुन् । बिदाइ कार्यक्रममा कलेजका उत्कृष्ट विध्यार्थीहरू असीम जोशी, महेश थापा, भेनस खवास,स्वेच्छा घिमिरे,शुसान रेग्मी,दिपेश ढकाल, रानी ढकाल, स्मृती शर्मा, सुमन गुरुङ र जागृती शर्मालाई  कलेजले विषेश सम्मान गरेको थियो ।

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल दिपेश बास्कोटा, कलेजका सन्चालक सिएम रिजाल र शिक्षक महेश निरौलालगायतले विध्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए । त्यस्तै, बिदा हुने विध्यार्थी असिम जोशी  र विल्ली सुवदीले कलेजमा बितेका दुई वर्षका अनुभव सुनाएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...