एम्स कलेजमा सहकारी संवाद

0

कोशी अनलाइन
चैत २९, मोरङ, मोरङको विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजमा सहकारी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालको युवा उप–समितीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका राष्ट्रिय अध्यक्ष रमेश पोखरेलले नेपालमा सहकारीको सम्भावना र चुनाती भएको बताए ।

राष्ट्रिय सहकारी महासंघ नेपालको यूवा उप–समितिका संयोजक तथा सगरमाथा आरोही शिव डाँगी, राष्ट्रिय सहकारी महासंघ नेपालको युवा उप–समितिका सदस्य डिल्ली पोखरेल र जिल्ला बहुउद्देशीय सहकारी मोरङकी सचिव हिमा मैनालीले सहकारीको बारेमा बालेका थिए ।

सहकारी संवादमा कलेजमा बीबीएस अध्ययनरत १ सय ६२ जना विध्यार्थीहरू सहभागी रहेका कलेजका क्याम्पस प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए ।यस्ता खाले अन्तरसंवादबाट विध्यार्थीले नयाँ कुरा सिक्ने अवसर पाउने क्याम्पस प्रमुख बस्नेतले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...