कान्तिपुर स्कुलले मनायो तेस्रो वार्षिकोत्सव

0

कोशी अनलाइन
चैत २९, मोरङ, मोरङको विराटनगर-१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कुलले तेस्रो वार्षिक उत्सव मनाएको छ । स्कुलले विराटनगरमा बिहीबार विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । स्कुलले आन्तरिक परीक्षा तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विध्यार्थीहरुलाई पुरस्कार तथा पमाणपत्र वितरण गरेको छ ।

साथै, उत्कृष्ट हुने विध्यार्थीका अभिभावकलाई समेत मायाको चिनो दिएर सम्मान गरिएको छ । स्कुलमा अध्ययनरत विध्यार्थीहरुले नृत्य, गायन, नाटकलगायत विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा उपस्थित सबैलाई मनोरञ्जन दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. तेजनारायण मण्डल,स्कुलका प्रिन्सिपल सन्तोष भगत, सहायक प्रिन्सिपल देवीलाल मण्डल, सन्चालकहरु रोशन राजवंशी र शंकर काफ्ले लगायतले बोलेका थिए । कान्तिपुर एजुकेसन फाउण्डेसन प्रा.लिका अध्यक्ष रञ्जन कार्कीको सभापतित्वमा वार्षिक उत्सव समारोह सम्पन्न भएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW