कृषि कर्मले लखपति बनायो 

0

कोशी अनलाइन
चैत २८, मोरङ, उर्लाबारी-२ सुनपकुवाका ५५ वर्षीय कृषि कर्मचारी गोपाल डाँगी कृषि कर्मबाट लखपति भएका छन् । आफ्नै तीन कठ्ठा करेसाबारीमा सात वर्षयता वार्षिक सरदर तीन लाख रुपैयाँ कमाइ भइरहेको डाँगीको भनाइ छ । उनी धेरै समय सागको खेती गर्छन् ।

आफैँ खेती गर्ने र आफैँ घरदैलो गरेर बेच्ने भएकोले उनलाई कुनै व्यापारिक सिण्डिकेटको समस्या छैन । उनले यतिखेर बारीमा लट्टे साग लगाएका छन् । उनी बेलुकापख साग उखेलेर हरेक बिहान ग्राहकका घरदैलोमा पुर्याउँछन् । ‘ दैनिक एक सय मुठा साग बजार पुर्याउँदा १० बजे सम्ममा बेचेर घर आइपुग्छु ’–डाँगीले भने । प्रति मुठा २५ रुपैयाँका दरले बिक्री गर्दै आएका डाँगीको बारीमा अहिले लट्टे साग र फर्सी छ । केही समयपछि पाटाको साग निस्कने उनले बताए । लट्टे निकालेपछि टनेलमा बैमौसमी रायो साग लगाउने उनले सुनाए ।

फ्नै गोठको गोबर मल मात्र प्रयोग गर्ने डाँगी रायोको सागबाट मात्र एक पटकमा ४० हजार रुपैयाँ आम्दानी हुने बताउँछन् । ‘ दुई माउ गाई र ५-७ वटा बाख्रा-पाठाको मल सबै तरकारी खेती मै प्रयोग गर्छु । ‘, उनले भने । बेमौसमी बालीमा किरा नियन्त्रण गर्न बेला–बेला जैविक औषधि प्रयोग गर्ने गरेको उनको भनाइ छ । घिरौला, भिन्डी, साग,करेला मात्र होइन, उनले गत वर्ष सात केजी लट्टेको बीउ पनि उत्पादन गरे ।

स्थानीय बजारमा प्रति केजी सात सयका दरले बिक्री गरेको बताउँदै उनले भने –‘तीव्र शहरीकरण भइरहेको उर्लाबारी बजार नजिकै भएकोले उत्पादन भएको तरकारी बेच्नका लागि ग्राहकको अभाव छैन। जे तरकारी निकाले पनि बिक्री हुन्छ । ‘ डाँगीले गत वर्ष ६ सय केजी फर्सी प्रति केजी ४० रुपियाँका दरले बिक्री गरेको सुनाए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW