visit-nepal

लामखुट्टेलाई खोजी खोजी मार्ने राडार निर्माण

एजेन्सी, चैत २७ । चीनमा एक अनौठो राडार बनाईएको छ । जसले लामखुट्टेलाई खोजी खोजी मार्ने छ । आफ्नो शत्रु ठानेर राडारले लामखुट्टेलाई निशाना बनाउने छ ।

त्यहाँको जंगली तथा दुर्गम इलाकाहरुमा तैनाथ गरिने सेनाका जवानहरु शत्रुको हमलाबाट नभएर लामखुट्टेको टोकाईबाट सर्ने रोगका कारण ज्यान नै जोखिममा पर्ने गरेका कारण यस्तो राडार तयार पारिएको हो ।

लामखुट्टेका कारण सैनिकहरुलाई मलेरिया, डेंगु, जिका भाइरस लगायतका रोगहरुका कारण मृत्यु हुने गरेको भन्दै चीनको सरकारी अनुसन्धान विभाग लामखुट्टेमाथि धावा बोल्ने उक्त अनौठो राडार निर्माण गरी त्यसको सफल प्रयोगमा जुटेको हो ।

समाचारमा जनाईए अनुसार यसले २ किलोमिटरसम्मको क्षेत्रमा रहेका लामखुट्टेलाई खोजेर नष्ट गर्दछ । यसले पनि सैन्य राडारले जस्तै गरी लामखुट्टे लुकेको ठाउँ पत्ता लगाएर विकिरणको प्रहारमार्फत लामखुट्टेलाई नष्ट गर्दछ ।

प्रतिक्रिया

Loading...