जिल्लामा आइपुग्यो पाठ्यपुस्तक, स्थानीय तहले दिने भुक्तानी बाँकी

0

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत्र २७, सङ्खुवासभा, भर्ना अभियानअघि नै जिल्लामा नयाँ पुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायी जिल्ला महासंघका अनुसार १ देखि १० सम्मकै पाठ्यपुस्तक ल्याइएको हो ।


संघका सचिब कृष्ण भण्डारीका अनुसार जिल्लामा करिब ३ हजार ५ सयका दरले पुस्तक ल्याइएको हो । केही ऐच्छिक विषयका पुस्तक भने आउँन बाँकी छ । विगतका वर्षमा भएको खपतलाइ दृष्टिगत गरी यो वर्ष पनि त्यही अनुपातमा पुस्तक ल्याइएको भण्डारीले बताए ।

भर्ना भएकै दिन विद्यार्थीको हात–हातमा नयाँ पुस्तक पुगोस् भन्ने उद्देश्यसाथ व्यवसायीले समयमै पुस्तक भित्राएकोे महासंघ सचिब कृष्ण भण्डारीले बताए । केही ऐच्छिक बाहेकका सबै पुस्कत ल्याएका छौं,’ उनले भने, ‘पुस्तक पुगेन भन्ने गुनासो यसपालि सायदै नहोला’ । उनले जनक शिक्षा सामग्री केन्द्रले पुस्तक पठाउन सहयोग गरेको बताए ।

विद्यालयलाई पुस्तक लिन सहज होस् भनेर जिल्लाका विभिन्न स्थानबाट पुस्तक वितरण भई रहेको सचिब भण्डारीले बताए । खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवि नगरपालिका र मादि नगरपालिकाबाट पुस्तक वितरण भईरहेको उनले बताए । ‘धेरैजसो विद्यालयले पुस्तक लिइसकेका छन्,’ उनले भने, ‘बाँकीले पनि एक÷ दुई दिनमै लग्नेछन्’ । ‘केहि ऐच्छिक विषयका मात्रै बाँकि छन् यी किताब पनि छिटै ल्याउन कोसिस गरिरहेका छौँ ।’ उनले भने ।

भौगोलिक रूपले विकट मानिएका जिल्लाका भोटखोला गाउँपालिका, शिलिचोङ गाउँपालिका र मकालु गाउँपालिकाका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक वितरण भईरहेको छ ।

जिल्लामा पुस्तक भित्रिसकेकाले विद्यार्थी भर्ना भएकै दिन जिल्लाभरका विद्यालयमा नयाँ पुस्तक वितरण गर्ने तयारी थालिएको शिक्षा कार्यालयले जनाएको छ । वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान चलाइँदैछ । यो अवधिमा विद्यार्थीलाई नयाँ पुस्तक हात–हातमा र्पुयाउने तयारी गरेको जिल्ला शिक्षा अधिकारी चेतकुमार पोख्रेलले बताए ।

‘भर्ना भएकै दिन पुस्तक दिन विद्यालयलाई निर्देशन गरेका छौं,’ उनले भने, ‘चैतभरमा सबै विद्यालयले पुस्तक लिइसक्नेछन ।’ शैक्षिकसत्र सुरु हुनुअघि नै पुस्तक अभाव नहोस् भनेर सबै विद्यालयलाई पुस्तकको जोहो गर्न लगाएको उनले बताए । पोख्रेलका अनुसार धेरैजसो विद्यालयले पुस्तकको व्यवस्थापन गरिसकेका छन् ।

स्थानीय तहले दिने भुक्तानी बाँकी

गत वर्षसम्म पाठ्यपुस्तक खरिदका लागि शिक्षा कार्यालयले फागुन मसान्तअघि नै विद्यालयको खातामा रकम हालिसक्थ्यो । विद्यालयले शैक्षिक सत्रको परीक्षा सकिएपछि खरिद र ढुवानी सुरु गर्थे । वैशाख २ गते मनाइने पुस्तक दिवसअघि नै विद्यालयमा पुस्तक र्पुयाउनुपर्छ भन्ने मान्यता थियो । मुलुक संघिय संरचनामा गएपछि स्थानीय तहले नै शिक्षा क्षेत्र हेर्ने संवैधानिक व्यवस्था छ तर यो वर्ष अहिलेसम्म कुनै स्थानीय तहले पनि विद्यालयको खातामा पैसा जम्मा गरिदिएका छैनन् । नत पुस्तक व्यवसायीलाई नै दिएका छन् । पुस्तक व्यवसायी जिल्ला महासंघका सचिब कृष्ण भण्डारीका अनुसार हाल खाँदबारी नगरपालिकाले भने १५ दिनको लागि उधारोमा पुस्तक दिन आग्रह गरेको छ ।

उनले भने ‘खाँदबारी नगरपालिका क्षेत्रमा भने नगरपालिका कार्यालय जमानि बसेर पुस्तक वितरण गरीरहेका छौँ’ अन्यले केहि भनेका पनि छैनन र पैसा पनि दिएका छैनन् । पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको सङ्खुवासभाका कतिपयले स्रोत व्यक्तिलाई विद्यार्थीको विवरण माग गरेका छन् भने कतिपयले स्थानीय तहले दिने पत्तोसम्म पाएका छैनन् ।

अधिकासं स्थानीय तहका प्रमुखले स्रोत व्यक्ति तथा शिक्षा शाखामा विवरण मागेको र विद्यालयहरूलाई भुक्तानी दिने तयारी गरेको बताए । उनिहरुको साझा जवाफ छ ‘हामी विवरण मागिरहेका छौं, निकासा दिन बाँकी छ ।’

यता व्यपारीहरुले विद्यालय तथा स्थानीय तहले विद्यार्थीको संख्या उलपब्ध नगराउदा समस्या भएको बताएका छन् । “संख्या यकिन नहुदाँ कति पुस्तक आवश्यक पर्ने हो त्यो थाहा छैन्, पछि पुस्तक पुगेन भने विद्यालय, विद्यार्थी र व्यापारी हामि सबैलाई अप्ठारो पर्छ, यदि धेरै भयो भने डिलरले फिर्ता लिन मान्दैन र कुहाएर फाल्न हामी बाध्य हुन्छौ” उनीहरुले भने ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा आधारभुत र माध्यमिक तहका कूल ४ सय विद्यालय छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW