Rumpum

Rumpum Advertisement

आफू मारिएको विवरण र तस्वीर आफ्नै फेसबुकबाट पोष्ट भएपछि…

आफू मारिएको विवरण र तस्वीर आफ्नै फेसबुकबाट पोष्ट भएपछि…

कोशी अनलाइन
चैत्र २६, मोरङ, रसुवामा बेपत्ता भएको ११ दिनपछि आफू मारिएको विवरण र तस्वीर आफ्नै फेसबुक अकाउन्टमार्फत पोष्ट भएको छ । रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षिय चित्रमान डंगोल उनि मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको हो ।

उक्त घटनाका कारण अहिले रसुवा बजार बन्द छ भने प्रहरीले अनुसन्धानका लागि सीआईबीको मद्दत मागेको छ ।
स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।
उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० शरतकुमार थापा क्षेत्रीको भनाइ छ ।

डंगोल गत १५ चैतदेखि बेपत्ता भएका थिए । भोलिपल्ट उनको परिवारले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ