प्रदेश नम्बर १ मा खाध्यान्न संकट आइपर्ने संकेत

0

उत्तम पोख्रेल
कोशी अनलाइन
चैत २५, मोरङ, अन्नको भन्डारका रुपमा चिनिएको झापा, मोरङ र सुनसरीमा खाध्यान्न संकट आउने संकेत देखिएको छ । अन्नबाली दिन-प्रतिदिन घट्दै जान थालेको छ । दुई बाली हुने खेतमा बालुवा थुपार्दे घर बनाउन थालेपछि अन्नको उत्पादनमा भारी गिरावट आउने गरेको छ ।

१५ वर्ष अघिको तुलनामा मोरङमा मात्र १२ हजार हेक्टर अन्न उत्पादन हुने जग्गा घटेको छ ।क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख डाक्टर राजेन्द्र उप्रेतीका अनुसार सन् २००३ मा मोरङमा ९४ हजार हेक्टर जमिनमा धान बाली लागेको थियो भने  सन् २०१८ मा आएर ८२ हजार हेक्टरमा धान खेती भएको देखिन्छ । १५ वर्षमा मोरङमा मात्र १२–१३ प्रतिशतले अन्न उत्पादन हुने खेतीयोग्य जग्गा घटेको छ । सबैभन्दा बढी सुनसरीमा धान उत्पादन घटेको छ । सन् २००३ मा ६१ हजार हेक्टरमा धान उत्पादन हुने गरेपनि अहिले आएर ४४ हजार हेक्टरमा सिमित बनेको छ ।

यो अनुपातमा हेर्दा २६ प्रतिशतले धानको उत्पादन घटिरहेको छ । अधिकांश जग्गामा घर बनेका छन् भने केही जग्गामा खोलाले समेत असर पुयाइरहेको छ । झापामा ९२ हजार हेक्टरमा हुँदै आएको खेती सन्२०१८ मा आइपुग्दा ८३ हजार हेक्टरमा आएको छ । प्रदेश नम्बर १ को तथ्याङ्क अझ निराशाजनक रहेको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए । उनले भने , ‘ १५ वर्षअघि प्रदेश १ (साविकका पूर्वाञ्चलमा पर्ने सप्तरी र सिराहा जिल्लाबाहेक) मा तीन लाख ६६ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको थियो ।

हाल तीन लाख १२ हजार हेक्टरमा खेती भइरहेको तथ्याङ्कमा उल्लेख छ । प्रदेश १ मा ५४ हजार हेक्टर खेतीयोग्य जग्गा नासिएको छ । ‘ राजमार्गको आसपासमा पर्ने कुनै पनि जग्गा ठूलो क्षेत्रफलका छैनन् । कठ्ठाभन्दा माथि कुनै पनि जग्गा रहेका छैनन् । खेतीयोग्य जमिनमा धमाधम घर बनिरहेका छन् । बेलबारी नगरपालिमा मात्र एक वर्षमा ४ सय ३० वटा घर बनिसकेका छन् । वैदेशिक रोजगारीबाट आएको रेमिट्यानसले सर्वसाधारणले घर घडेरी किन्ने गरेकाले समेत जग्गामा उत्पादन घट्ने गरेको छ ।

तराईका चुरे क्षेत्रका खेतीयोग्य जमिनमा समेत खोलाबाट गिट्टी-बालुवा निकाल्ने गरेकाले अन्नबालीमा गिरावट आइरहेको छ । तराई देखी पहाड सम्मका जिल्लामा  पलटीङ हुने गरेका छन । बैदीश रोजागरीबाट आउनेले घडेरी किन्ने गरको लेखपढी ब्याबसहि रामचन्द्र भटराईले बताए । जिल्लाको मिक्लाजुङ, कानेपोखरी, केराबारी गाउँपालिका र सुनवर्षी, रतुवामाई, लेटाङ नगरपालिकामा समेत जग्गा प्लटिङ्गको व्यापार फस्टाएको मालपोत कार्यालयले जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...