Rumpum

Rumpum Advertisement

तीन बर्षदेखी आमाको शव फ्रिजमा राखेर पेन्सन बुझेपछि..

तीन बर्षदेखी आमाको शव फ्रिजमा राखेर पेन्सन बुझेपछि..

भारतबाट एक अनौठो घटना बाहिरिएको छ । एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखी पेन्सन बुझेको खुल्न आएको छ ।

कोलकाताका शुभव्रता मजुमदारले आमाको नाममा सरकारले पेन्सन दिने भएकाले त्यही पेन्सन बुझ्नको लागि औँठा छाप प्रयोग गर्न शवलाई फ्रिजमै राखेका हुन् ।

उनले आमाको शव सड्नबाट जोगाउन केमिकल प्रयोग गरेको समाचारमा जनाईएको छ । प्रहरीले उनले मृत आमाको पेन्सन खान यो जुक्ति लगाएको बताए पनि उनले भने मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।

उनले यसरी मृत आमालाई फ्रिज भित्र राखेको थाहा पाएर यस्तो हर्कत गरेको थाहापाए पछि एक जना छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अहिले उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

उनकी आमा सन् २०१५ अप्रिलमा निधन भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कहीँ कतै फैलाएका थिएनन् । त्यसपछि उनले लगातार तीन बर्ष सम्म हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् ।

उनका ९० बर्षका बुवा जिवितै भए पनि उनको स्वास्थ्य अवस्था नाजुक रहेका कारण केही गर्न सकेन् र प्रहरीले पनि पक्राउ गरेको छैन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ