visit-nepal

जहाँ गर्भधारण गर्न हाकिमको अनुमति लिनुपर्छ

सन्तान जन्माउने नजन्माउने कुरा महिलाको हक हो । तर यसैसँग जोडिएको एउटा अचम्म लाग्दो कुरा सुन्दा तपाई छक्क पर्नु हुनेछ । जापानमा जो कोही महिलाले पनि गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनु पर्ने हुन्छ । नत्र अपमान झेल्नुपर्दछ ।

जापानको एक कम्पनीले एकजना महिला कर्मचारीले जानकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

समाचारमा जनाईए अनुसार अचम्म लाग्दो अर्को कुार के भने , कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेल पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न आदेश दिएको छ ।

यो कम्पनीमा बच्चा जन्माउँदा मात्र नभई अविवाहित महिला कर्मचारीले बिहे गर्नु परेमा पनि हाकिमलाई जानकारी गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

Loading...