विकासका नाममा मासिँदै वर-पिपल

0

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत २४, संखुवासभा, परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका वर-पिपल मासिने क्रम बढेको छ ।गाउँमा विकास निर्माणका काम हुँदै जाँदा चौतारीमा रोपिने वर-पिपल मासिन थालेका हुन् । गर्मीका बेला शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्न गाउँघरमा लगाइएका वर-पिपल सहितका चौतारीहरू अहिले विकास निर्माणका नाममा धमाधम मासिँदै गएका छन् ।

जसको ज्वलन्त उदाहरण हो संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर २ मा रहेको चार वर-पिपल । हो, त्यही चार वर-पिपल जसले त्यो ठाउँको नामसमेत निर्धारण गरेको थियो । कसले रापेको थियो कसले जर्गेना गरेको थियो भन्ने इतिहास खासै नभेटिएपनि त्यो वर-पिपल करिब सय वर्ष पुरानो हो भन्ने अनुमान भने लगाउन सकिन्थ्यो । भन्नलाई अझै पनि चार वर-पिपल नै भनिन्छ तर त्यहाँ अहिले एउटा पनि वर-पिपलको बोट देख्न सकिँदै । वर-पिपल तथा चौतारी नेपालको एक मौलिक संस्कृति नै हो भन्दा फरक पर्दैन ।

तर, यस्ता मौलिक संस्कृति भविष्यका पिढीका लागि इतिहास मात्र बन्ने निश्चित छ । पुराना पुस्ताले भने चौतारी जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । जिल्लाका क्षेत्रमा रहेका पुराना चौतारी तथा वर-पिपलका बोटहरु सडक निर्माण तथा विस्तार गर्ने क्रममा स्थानीयद्वारा नै मासिन थालेका हुन् । संखुवासभामा गाउँका सडकलाई प्राथमिकता दिएर काम गर्न थालेपछि चौतारी मासिँदै गएका हुन् । यो त एउटा उदाहरण मात्र हो, हाम्रो नेपालमा यस्ता धेरै संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीयले पूजाआजा गरेर यसको पौराणिक महत्वलाई ध्यानमा राखी संरक्षण तथा जगेर्ना गरेका वर-पिपल सहितको चौतारी अहिले मासिन थालेपछि संखुवासभाका वृद्ध-वृद्धाले चिन्ता व्यक्त गरे । ‘गाउँको विकास भएन भने जनता सधैँ अन्धकारमा बस्न बाध्य हुनेछन्’ खाँदबारी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञान बहादुर श्रेष्ठले भने, ‘त्यसैले गाउँको विकास र परिवर्तनका लागि पुराना चौतारी मासेर सडक विस्तार गर्ने काम अगाडि बढाइएको हो । ’

डक विस्तार नहुँदा स्थानीयलाई झन् समस्या भएकोले विभिन्न ग्रामीण सडक मर्मत तथा विस्तारका क्रममा वर-पिपल र चौतारी हटाउन थालिएको उनको दाबी छ । युवाहरु मौलिक संस्कृतिलाई अन्धविश्वासको रुपमा मात्र लिने र सरकारी पक्षबाट यस्ता मौलिक ज्ञानको बारेमा खोज अनुसन्धानको पहल कदमी नहुनुले पनि आज मौलिक संस्कृतिहरु मृत्यु सैय्यामा छटपटाइरहेका छन् ।

यी संस्कृतिहरुलाई सही व्याख्या-विश्लेषण तथा खोज-अनुसन्धान गरी आधुनिक सभ्यताको विकासमा प्रयोग गर्नु आजको युवाहरुको दायित्व हुनेछ । यस्ता कतिपय सुन्दर लोक संस्कृति लोप हुन लागिसकेकोले संरक्षणका लागि समयमै ध्यान दिनु जरुरी छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW