गुगल सर्चका प्रमुख जोन एप्पल कम्पनीमा प्रवेश

अप्रिल, ६ । गुगलको सर्च तथा आर्टिफिसियल इन्टेलिजेन्स विभागमा प्रमुखको रुपमा काम गर्दै आएका जोन गियान्नान्ड्रिया एप्पल कम्पनीमा प्रवेश गरेका छन् ।

उनले गुगल छोडेर एप्पलको मेसिन लर्निङ तथा आर्टिफिसियल इन्टेलिजेन्स रणनीतिसम्बन्धी विभागको प्रमुखको जिम्मेवारी लिएको समाचारमा उल्लेख छ ।

सिरी डिजिटल एसिस्टेन्ट विकास गर्ने तयारीमा रहेको बेला एप्पलले गुगलका उच्च कर्मचारीलाई आफ्नो कम्पनीमा भित्र्याएको हो । उनले आफ्नो कामका बारेमा सीधै प्रमुख कार्यकारी टिम कुकलाई रिपोर्ट गर्नेछन् ।

सिरी डिजिटल एसिस्टेन्टका लागि एप्पलले नयाँ डेढ सय इन्जिनियर भर्ना गर्ने तयारी गरिरहेको खबर गत हप्तामात्रै सार्वजनिक भएको थियो ।

जोन सन् २०१० मा गुगलले मेटावेब कम्पनीलाई अधिग्रहण गरेसँगै गुगलमा समायोजन भएका थिए ।

प्रतिक्रिया

Loading...