१३ सय भन्दा बढी रोबोटको फौजले बनायो विश्व कीर्तिमान

एउटा अनौठो विश्व कीर्तिमान कायम गरिएको छ । इटालीले १३ सय भन्दा रोबोटको फौज तयार गरिरहेको छ । जुन फौजका लागि १३ सय भन्दा धेरै रोबोट तयार गरेर विश्व कीर्तिमान कायम गरिएको हो ।

मान्छेको आकारका १३ सय ७२ वटा रोबोटहरु एकै धूनमा नाचेर गिनिज रेकर्ड बनाईएको हो । गएको बर्षको अगष्टमा चीनमा डोबी कम्पनीले एकैसाथ १०६९ रोबोट नचाएर विश्व कीर्तिमान बनाएकोमा यसपटक चीनकै युबिटेक कम्पनीले त्यो रेकर्ड तोडेको छ ।

उसले आल्मुनियम तथा प्लास्टिकबाट बनेका ४० सेमी उचार्इका १३ सय ७२ वटा अल्फा वान एस रोबोट नचाएको समाचारमा जनाईएको छ । यो कम्पनीले यसअघि ब्रेक डान्स गर्ने रोबोट बनाएको थियो ।

प्रतिक्रिया

Loading...