डीपीएल–२ः टिम चौराहविरुद्धको खेलमा विराटनगर १८ रनले विजयी

कोशी अनलाइन
चैत्र २२, मोरङ, धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) अन्तर्गतको खेलमा विराटनगर किंग्स विजयी भएको छ । बिहीबार भएको पहिलो खेलमा टिम चौराह धनगढीविरुद्ध र विराटनगर किंग्सले १८ रनले जित निकालेका हो ।

तीन खेलमा विराटनगरको यो दोस्रो जित हो । धनगढीले ४ खेलमा २ जित हात पारेको छ भने दुईमा हार व्यहोरेको छ । टस हारेर फिल्डिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

१२८ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०९ रन मात्रै बनाएको थियो । धनगढीका लागि शंकर रानाले २५ रन बनाएका थिए । यस्तै अस्फाक अहमदले २२ रन जोडे । सुनील धमलाले १२, रोहन मुस्तफाले ११, राजेश पुलामी मगरले ८, सोनु तामाङ र कप्तान सोमपाल कामीले १ र १ रन जोडेका थिए ।

यसैगरी बलिङमा विराटनगरका लागि पवन सर्राफले ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चेका थिए । पारस खड्का र बसन्त रेग्मीले २ र २ विकेट लिए ।

सुभम कामतले १ विकेट लिए । पहिलो इनिङ्समा सोमपाल कामीसँगै नयाँ बल लिएर आएका सुनीलले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ४ विकेट लिए । सोमपाल र रोहन मुस्तफाले २ र २ तथा ललितसिंह भण्डारी र सम्साद शेखले १ र १ विकेट लिए
म्यान अफ दि म्याच बनेका पवन सर्राफले विराटनगरबाट १ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए । अनिल साहले २४, सुभम कामतले १८ र बाबर हायतले १५ रन बनाए । दीलिप नाथ ४, पृथु बास्कोटा ३, कप्तान पारस खड्का २, मन्जित श्रेष्ठ र बसन्त रेग्मी ६ र ६ तथा सौरभ खनाल १ रनमा आउट भएका थिए ।

यसअघि भएका खेलमा विराटनगर किंग्सले १ खेलमा जित हात पारेको छ भने १ खेलमा पराजित भएको छ ।

टिम चौराह धनगढीले २ खेलमा जित हात पारको छ भने १ खेलमा हार व्यहोरको छ ।

यसैगरी आजको दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स खेल्दैछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । दुई खेल खेलेको महेन्द्रनगरले एक खेल जितेर अंक तालिकाको दोश्रो स्थानमा छ भने अहिलेसम्म खेलेका तीनवटै खेल हारेको रुपन्देही प्रतियोगिताबाट बाहिरीने स्थितिमा छ ।

प्रतिक्रिया

Loading...