ओप्पोले २५ मेगापिक्सेल फ्रण्ट क्यामेरासहितको एफसेवेन ल्याउँदै

काठमाडौं, चैत २२ । विश्व बजार तताईरहेको ओप्पोले फेरी नयाँ बिशेषतासहितको आफ्नो उत्पादनको स्मार्टफोन ल्याउने भएको छ । ओपोले सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको मोबाईल एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको हो ।

सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्टिनेहरुका लागि निकै उपयोगी हुने गरी तयार पारिएको स्मार्ट फोन सार्वजनकि गर्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । यो फोन अप्रिल महिलाभित्रै सार्वजनिक हुने जनाईएको छ ।

ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० छभने फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा राखिएको छ ।

२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिले गर्दा ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छाया परेको स्थान दुवै अवस्थामा चहकिलो पार्न उच्च ल्यूमिनेन्स रेञ्जको व्यवस्था गरिएको कम्पनीले जनाइको छ ।

प्रतिक्रिया

Loading...