नेपाललाई दक्षिण एसियाली ह्यान्डबलमा रजत पदक

कोशी अनलाइन
चैत्र २१, मोरङ, पहिलो सहभागितामा नै फाइनल यात्रा तय गरको नेपालले स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतसँग २४–५ ले पराजित भई रजत पदक प्राप्त गरेको छ । नेपाली महिला ह्यान्डबल टोलीले दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा नेपालले रजत पदक जितेको छ ।

राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तान लाई २३–४ र भुटानलाई २८–४ गोलले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

उमा राईको कप्तानीमा रहेको नेपाली टोलीमा बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी रहेका छन् । त्यस्तै टोलीका अन्य सदस्यमा दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत छन् ।

टोलीको प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा छन् । अर्को वर्ष नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले महिला ह्यान्डबलमा पदक जित्ने सम्भावना बढेको नेपाल ह्याण्डबल संघका सचिव केशव पाठकले विश्वास लिएका छन् ।
मार्च ३१ देखि भएको प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Loading...