विराटनगरमा आज पुलिस र आर्मी भिड्दै

कोशी अनलाइन
चैत्र २१, मोरङ, विराटनगरमा जारी विराट गोल्डकप २०७४ मा बुधबार नेपाल पुलिस र नेपाल आर्मीबीचको कडा प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी विराट गोल्डकपको आज पाँचौ दिन पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

आज साँझ ६ बजेदेखि सुरु हुनेखेलमा दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसले विराट गोल्डकप २०७४ डे नाइट फुटबल प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

मंगलबार भएको खेलमा विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ । हिजो भउएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिक्रिया

Loading...