बायर्नले निकाल्यो सेभिल्लामाथि सहज जित

कोशी अनालाइन
चैत्र २१, मोरङ, मंगलबार राति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्यूनिख विजयी भएको छ । क्वाटरफाइनल खेलको पहिलो लेगमा घरेलु टोली सेभिल्लामाथि बायर्नले २–१ गोल गर्दे जित हासिल गरेको हो ।

खेलको ३२ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । तर, ३७ औं मिनेटमा सर्भिल्लाका खेलाडी नाभासले आफ्नै पोष्टमा गोल गरेपछि पहिलो हाफ १–१ गोलसहित सकिएको थियो । उनले विपक्षी खेलाडीको प्रहार बचाउँन खोज्दा गोल आत्मघाती बनेको थियो ।

खेलको ६८ औं मिनेटमा थिएगो अलकान्तराले गोल गरेपछि बायर्नले पहिलो लेगमा २–१ गोल अन्तर भएको थियो ।

यी दुई टिमबीचको दोस्रो लेग अर्काे साता बायर्नको घरेलु मैदानमा हुनेछ । अव मैदानमा २ गोल गर्न सफल बायर्न १–० ले पराजित भएसम्म पनि सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ । सेभिल्लालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तिमा २–० को स्पष्ट जित आवश्यक छ ।

प्रतिक्रिया

Loading...