स्मार्टफोन ब्राण्ड जियोनी आर्थिक संकटमा फस्यो

काठमाण्डौँ, चैत २० । चीनको पाँचौं ठूलो स्मार्टफोन ब्राण्ड जियोनी आर्थिक संकटबाट गुज्रिएको छ । आर्थिक संकटमा फसकेकै कारण उसले ठूला् संख्यामा कामदार नै कटौती गरेको । समाचारमा जनाईए अनुसार कम्पनीको कारखानामा काम गर्ने झण्डै आधा कामदार कटौती गरिएको छ ।

कम्पनीले एक बिज्ञप्ति जारी गर्दै डोङगुआनमा रहेको मुख्य कारखानामा काम गर्ने आधा स्टाफ कटौती गरेको जनाएको छ । तर कति कर्मचारीलाई अवकास हो भन्ने बारेको एकिन तथ्याङ्क उल्लेख गरेको छैन् । तर हजारौँ कर्मचारीलाई अवकाश दिईएको हुन सक्ने अनुमान गरिएको छ ।

चीनमा छैटौँ नम्बरमा पर्ने जियोनीले आक्रमक बजार लिईरहेका र ठूलो आर्थिक हैसियत भएका ओप्पो र हुवावे जस्ता प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक संकटमा फसेको हो ।

प्रतिक्रिया

Loading...