प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता हुने

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत्र २०, सङ्खुवासभा, चैनपुर नगरपालिकाले चैनपुर नगरपालिका मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले आगामी बैशाख १५ गते उद्घाटन गर्नेगरी १ नं प्रदेश स्तरीय चैनपुर नगरपालिका मेयर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने सो गोल्डकप १ नं. प्रदेशका १४ जिल्लाका १६ वटा टिम सहभागि हुने आयोजकले जनाएको छ ।

सो खेलको पुरस्कार राशी पहिलोलाई ३ लाख ३ हजार ३ सय ३३, दोस्रो २ लाख २ हजार, २ सय २२ र तेस्रो पुरस्कारर १ लाख १ हजार १ सय ११ रहने चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले जानकारी दिए । खेल मैदानको मर्मत एवं तोकिएको समयमै खेल सञ्चालनको लागितयारीमा जुट्न शुरु गरिसकेको समेत मेयर खत्रीले बताए । खेल सञ्चालनको लागि ३१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यसैबिच पत्रकार सम्मेलन मार्फत नै खे सञ्चालनको लागि जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाले खेल सामाग्री हस्तान्तरण गरेको छ । खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले यो खेल प्रदेश नं १ कै सार्वाधिक पुरस्कार राशिको भएको बताउदै ५ थान फुटबल, चेन्जीङ बोर्ड, जाली लगाएका सामाग्री हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

Loading...