रोनाल्डोलाई रोक्न नसके युभेन्टसले खेल जित्न सक्दैन्– युभेन्टस डिफेन्डर केलिनी

कोशी अनलाइन
चैत्र २०, मोरङ, युएफा च्याम्पियन्स लिगको साविक विजेता युभेन्टसका डिफेन्डर जर्जिओ केलिनीले रोनाल्डोलाई रोक्न नसके युभेन्टसले खेल जित्न नसक्ने बताएका छन् । केलिनीले क्वार्टरफाइनलको पहिलो लिगमा रोनाल्डोलाई गोल गर्नबाट रोक्न आवश्यक रहेको बताएका हुन् ।


उनले भने, ‘रोनाल्डोले यो सिजनको पछिल्ला ८ खेलमा १२ गोल गरिसकेका छन् । युभेन्टसविरुद्धको खेलमा रोनाल्डोलाई रोक्दै खेलभरी उनको नजिक रहन जरुरी छ ।’ उनका अनुसार रोनाल्डोलाई रोक्न नसके खेल युभेन्टसको पक्षमा हुँदैन् ।

केलिनीले भने, ‘हामीले रोनाल्डोलाई कसरी रोक्ने भनेर योजना बनाइरहेका छौं र रोनाल्डोलाई रोक्न सक्षम हुनेमा विश्वस्त छौं । तर, जित र हार खेलको एक पाटो हो भन्ने हामीले बुझेका पनि छौं ।’

यस्तै केलिनीले रोनाल्डोले रियलमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको बताए । उनले भने, ‘हामी घरेलु मैदानमा रियलविरुद्ध हाम्रो गुणस्तरको खेल पस्कँदै रियललाई पराजित गर्ने लक्ष्यमा हुने छौं । रियल पनि राम्रो टोली हो । कार्डिफको सकरात्मक र नकरात्मक घट्नालाई बिर्सँदै खेल्नेछौं ।’ केलिनीले थपे, ‘तर हामीले रियललाई सम्मान गर्नै पर्ने हुन्छ । हामीले रियललाई पराजित गर्न सकिंदैन भनेको हैन । यदि हामी च्याम्पियन्स लिगको फाइनलमा पुग्नु छ भने रियलले अघिल्लो वर्षको फाइनलमा खेलेको जस्तो खेल खेल्नुपर्दछ ।’

‘कार्डिफ र टुरिनबीचको खेल पक्कै पनि फरक हुनेछ । हामी आत्मविश्वासी भएर सकारात्मक नतिजाका साथ दुबै लेग खेल्नेछौं ।’ केलिनीले भने, ‘हामी एक टिमसँग दुई खेल खेल्दैछौं । उही टिम हो । तर, व्यक्तिगत प्रदर्शनमा केही फरक पक्का भएको छ ।’

आज नेपाली समय अनुसार राति साढे १२ बजे साविकको विजेता रियल मड्रिड र साविकको उपविजेता युभेन्टसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगका क्वाटरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् ।

आज रातिको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ भने अर्काे स्पेनिस क्लब सेभियाले जर्मन क्लब बायर्न म्युनिखबीच कडा प्रतिस्पर्धा हुनेछ । अघिल्लो वर्षको फाइनलको पुनरावृत्ति हुने रियल र युभेन्टसको खेल युभेन्टसको घरेलु मैदान टुरिनमा हुँदैछ ।

प्रतिक्रिया

Loading...