Rumpum

Rumpum Advertisement

बेलबारीमा जन्म्यो २ टाउको र ४ आँखा भएको अनौंठो बाच्छी

बेलबारीमा जन्म्यो २ टाउको र ४ आँखा भएको अनौंठो बाच्छी

उत्तम पोखरेल
कोशी अनलाइन
चैत्र २०, मोरङ, मोरङको बेलबारीमा अनौंठो बाच्छी जन्मिएको छ । बेलबारी ८ स्थित ओमप्रसाद अधिकारीको घरमा दुईवटा टाउको भएको र चारवटा आँखा भएको अनौंठो बाच्छी जन्मिएपछि हेर्नेहरुको भिड लागेको छ ।

१८ दिनअघि जन्मेको बाच्छीको दुईवटा टाउको र चारआँखा रहेका छन् भने शरीर अन्य बाच्छीहरुको जस्तै छ ।
तीन–चार वर्ष अघिदेखि सो गाई कसैबाट अधिँया पाल्न भनि ल्याइएको थियो । आफ्नो बनाए पछिको पहिलो बाच्छी नै यस्तो जन्मेको हो । उक्त अनौंठो गाई हेर्नका लागि दैनिक १५ देखी २० जनाभन्दा बढी बाच्छी हेर्न आउने गरेको छिमेकी केशव ढकालले बताए ।

ढकालका अनुसार बाच्छी जन्मे पछि भजन–किर्तन पुजा–पाठ गर्ने र दैनिक घर लिपपोत गर्ने गरिरहेका छन् । बाच्छी हेर्न आउँनेले गाईलाई फलफूल, पैसा लगायत चढाउँने गरेकाले दैनिक १५ सयदेखी २ हजारसम्म आम्दानी हुने अधिकारी परिवारले जनाएका छन् । तर, त्यो आम्दानीले गाईलाई नै नपुग्ने गरेको अधिकारीले बताए ।

पहिलो बेतमा ५ लिटरसम्म दूध दिने गरेको सो गाईले यो बेतमा २ लिटर मात्रै दूध दिएको अधिकारीले बताए । बाच्छी बचाउँनका लागि दूध खुवाउनु पर्ने गर्मी भएर हप्याक हप्याक भएकाले त्यसलाई हम्काई रहनु परेको ओम प्रसाद अधिकारीकी श्रीमती सरीता अधिकारीले बताईन् । छिमेकीसँग अधियामा लिई अधिकारी परिवारले गाई पालेका थिए । सामान्य परिवारका उनीहरुले गाईको पैसा बुझाएर आफ्नो बनाएसँगै गाईले यस्तो बाच्छी जन्माएको ओमप्रसादले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ