आफ्नो खेलाडीमाथि आँखा नलगाउन रियल मड्रिडलाई चेतावनी

कोशी अनलाइन
चैत्र २०, मोरङ, जर्मन क्लब बार्यनका प्रशिक्षक जप हिनिक्सले आफ्ना खेलाडीमाथि आँखा नलगाउन रियल मड्रिडलाई चेतावनी दिएका छन् । बायर्न म्यूनिकका प्रशिक्षक हिनिक्सले रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन चेतावनी दिएका हुन् ।

पछिल्लो समय बार्यनका खेलाडी तथा पोल्याण्डका क्याप्टेन रोबर्ट रियल मड्रिड जाने चर्चा चलिरहेको बेला उनले यस्तो चेतावनी दिएका हुन् । रोबर्ट बार्यन छाड्नका लागि तयार भएको र यस विषयमा मड्रिडका प्रतिनिधिसँग धेरैपटक कुराकानी गरेको बताइएको छ ।

तर, प्रशिक्षक हिनिक्सले उनी विक्रीमा नरहेको भन्दै लेवान्डोस्कीका लागि समय बर्बाद नगर्न रियल मड्रिडलाई भनेका छन् ।

प्रतिक्रिया

Loading...