मेस्सी र काउटिन्होलाई तुलना गर्न नहुने– गिब्सन

कोशी अनलाइन
चैत्र २०, बार्सिलोना, स्काईका स्पेनिस फुटबल विशेषज्ञ टेरी गिब्सनले मेस्सीसँग काउटिन्होलाई तुलाना गर्नु न्यायसंगत नहुने बताएका छन् । बार्सिलोनाका एट्याकिङ मिडफिल्डर फिलिप्पो काउटिन्होले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताएका हुन् ।

धेरैपटकको प्रयास पछि काउटिन्होलाई जनवरीमा क्लबमा भित्र्याउन सफल भएको थियो । १ सय ४५ लिलियन पाउन्डमा बार्सिलोना पुगेका काउटिन्होले १३ खेलमा ३ गोल र २ एसिस्ट मात्र गर्न सकेका छन् ।

विशेषज्ञ गिब्सनले भने, ‘इमान्दार भएर भन्नु पर्दा काउटिन्होबाट धेरै आशा राखिएको छ,’ उनले भने, ‘हो कुनै पनि नयाँ खेलाडीलार्इ क्लबलाई सेट हुन समयमा लाग्छ । तर, उनी जत्तिको अनुभवी खेलाडीबाट बढी आशा राखेको हुन्छ ।’

बार्सिलोनाले गत शनिबार सेभिल्लासँग २–२ को बराबरी खेल हेरेको बताउँदै गिब्सनले आवश्यक परेको बेला ब्राजिलियनबाट अपेक्षा अनुसारको प्रदर्शन नभएको बताए । साथै उनले भने, ‘मैले त्यो खेल हेरे । लियोन मेस्सी मैदान प्रवेश गरेपछिको खेल नै अर्को भयो,’ उनले भने, ‘हो मेस्सीसँग काउटिन्होलाई तुलाना गर्नु न्यायसंगत हुँदैन । तर उनबाट सबैले अपेक्षा गरेका हुन्छन् ।’

गत शनिबारको खेलमा सर्भिल्लासँग २–२ को बराबरी गर्दा बार्सिलोनाका लागि लुइस स्वारेजले ८८ औं मिनेटमा र लियोनन मेस्सीले ८९ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया

Loading...