visit-nepal

एउटा यस्तो रेष्टुरेन्ट, जहाँ जति खाना खाए पनि पैसा नै तिर्नु पर्दैन्

पैसाको भोक भएको यो संसारमा कसैले निःशुल्क खाना खुवाईदेला र ? तपाईको मनमा यही प्रश्न उठेको होला । तर भारतको गुजराँतस्थित अहमदावादमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँले चाहे जस्तो र चाहेजति खाना खान सक्नु हुन्छ, तर पैसा तिर्नु पर्दैन् । तपाईले खाएको खानेकुराको पैसा अरु कसैले तिरिसकेको हुन्छ ।

अतिथिलाई देवता मान्ने भावनामा चलिरहको गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना सित्तैमा खान पाईन्छ । ११ वर्ष यता यो रेष्टुरेन्ट यसरी नै चलिरहेको बताईएको छ ।

यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले सहयोग गरिरहेका छन् ।

त्यहाँ खाना खाने कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान दिने गर्छन् । ग्राहकले दान रकमलाई पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।

दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको सो रेष्टुरेन्टमा काम गर्दै आएका सबै कर्मचारीहरु पनि स्वयंसेवक नै हुन् । उनीहरुले तलब लिँदैनन् ।

प्रतिक्रिया

Loading...