रियल मड्रिडविरुद्ध युभेन्ट्स : कसैलाइ जितको निरन्तरता कसैलाई बदला

कोशी अनलाइन

आउँदो बुधबार नेपाली समयअनुसार राति साढे १२ बजे हुनलागेको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेलमा रियल म्याड्रिडविरुद्ध युभेन्ट्सले खेल्ने छ । स्पेनिस क्लब मड्रिड यो खेल जितेर उपाधि बलियो बनाउँन लागिपरेको छ भने इटालियन क्लब युभेन्ट्स खेल जितेर बदला लिने सोचमा छ ।

गतवर्ष युभेन्ट्स मड्रिडविरुद्ध ४–१ गोल अन्तरले हार्दा उपाधि गुमाउन पुगेको थियो । यसकारण पनि मड्रिड लगातार तेस्रो उपाधि हात पार्ने दाउमा छ भने युभेन्ट्स बदला लिने दाउमा छ ।

यो वर्ष अन्य कुनै पनि प्रतियोगितामा बलियो उपस्थिति देखाउन नसकेको मड्रिड च्याम्पियन्स लिगमा केन्द्रित देखिन्छ ।

च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्टसले खेलेका १९ खेलमा मड्रिडले ९ खेल जितेको छ भने युभेन्टसले ८ खेल जितेको छ । यसैगरी, दुई खेल बराबरीमा सकिएका छन् । गोलका हिसाबले दुई टिमले एकअर्काविरुद्ध २२ र २२ गोल गरेका छन् ।

यसपटक ला लिगामा कमजोर देखिए पनि रियल मड्रिड च्याम्पियन्स लिगमा भने बलियो रुपमा प्रस्तुत भइरहेको छ । स्पेनिस ला लिगामा ३० खेलमा ६३ अंकसहित मड्रिड तेस्रो स्थानमा छ । युभेन्टस भने इटालियन ‘सिरी ए’ को शीर्ष स्थानमा छ । युभेन्टसको ३० खेलमा ७८ अंक छ ।

प्रतिक्रिया

Loading...