थ्रीस्टारद्वारा मदन भण्डारी गोल्डकपको फाइनल नखेल्ने चेतावनी, आयोजक भन्छ आजै हुन्छ

कोशी अनलाइन
चैत्र १९, मोरङ, बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकपमा पुगेको थ्रीस्टारले फाइनल खेल नखेल्ने चेतावनी दिएको छ । अन्तराष्ट्रिय फिफा नियम पालना नगरेको भन्दै थ्रीस्टारका प्रशिक्षक मेगराज केसीले सोमबारको फाइनल खेल नखेल्ने चेतावनी दिएका हुन् ।

आइतबार सेमिफाइनल खेलेको थ्रीस्टारले सोमबारै फाइनल खेल खेल्नुपर्ने भएपछि थ्रीस्टारले यस्तो निर्णय गरेको छ । चैत्र १६ गतेको सेमिफाइनल हावाहुरीका कारण रोकिएपछि फाइनल मंगलबार मात्र खेलाउने गरी सेमिफाइनका खेल खेलाइएको तर आयोजकले दोश्रो सेमिफाइनल सकिएलगत्तै सोमबार नै फाइनल खेल्नुपर्ने भनेर दबाब दिएको प्रशिक्षक केसीले बताए ।

अन्तराष्ट्रिय फिफा नियम पालना नगरेको र पुरस्कार राशी बढाएर बाँकी नियम मान्नै नपर्ने जस्तो व्यवहार आयोजकले गरेको प्रशिक्षक केसीको आरोप छ । थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

Loading...