आर्सनलविरुद्ध स्टोक सिटी ३–० ले पराजित, स्टोक रेलिगेशन जोनमा

कोशी अनलाइन
चैत्र १९, मोरङ, आइतवार राति भएको आर्सनलविरुद्धको खेलमा स्टोक सिटी ३–० गोलसहित पराजित भएको छ । गत राति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले स्टोकलाई पराजित गरेको हो ।


खेलको ७५ औं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै पियरे इमरिक औबामेयाङले गोल गरेका थिए । खेलको ८६ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा आर्सनलले अर्को पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरको सदूपयोग अलेक्जेन्डर लेकाजेटले गरे ।

जितसँगै आर्सनलको ३१ खेलबाट ५१ अंक भएको छ र अंक तालिकाको छैटौं स्थानमा छ २७ अंक जोडेको स्टोक रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया

Loading...