भारतीय क्लबलाई १-० ले हराउँदै संकटा क्वाटर फाईनलमा

विराटनगर, १८ चैत । विराट गोल्डकप २०७४ को आज भएको खेलमा भारतको मोहम्मडन स्पोर्टिङ क्बल कलकत्तालाई १ गोल गर्दै संकटाले पराजित गरेको छ ।

विराटनगर स्थित शहिद रंगशालामा भएको खेलमा मोहम्मेदनको हारसँगै संकटा क्वाटर फाईलनमा प्रवेश गरेको छ भने मंगलबमर शसस्त्र प्रहरी बलको एपिएफसँग प्रतिस्पर्धा गर्ने छ ।

निकै रोमाञ्चक भएको आजको खेलको निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि समय थप गरिएको थियो । थप गरिएको अक्तिरिक्त समयको १२ औं मिनेटमा संकटाका विदेशी खेलाडी जिवरेल टेरारीले डिबक्स भित्रबाट प्रहार गरेको गोलले जाली चुम्यो भने उक्त गोल नै संकटको जितको लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच संकटाका सरोज दाहाल घोषित भए भने उनले नगद १० हजार रुपैया प्राप्त गरे ।

अब पहिलो क्वाटर फाईलन खेल सोमबार रिजालको मोरङ ११ र रमपम झापा ११ बिच हुनेछ ।

आजको खेलको कोशी अनलाइनले प्रतक्ष प्रशारण गरेको थियो ।

प्रतिक्रिया

Loading...