विराट गोल्डकप : आज भारतीय टिम महोम्मदनविरुद्ध संकटा भिड्दै, (कोशी अनलाइनबाट प्रत्यक्ष प्रशारण)

कोशी अनलाइन
चैत्र १८, मोरङ, विराटनगरमा जारी विराट गोल्डकप अन्तर्गत आज भारतीय टिम महोम्मदन स्पोर्ट्स क्लब र संकटा क्लबको प्रतिस्पर्धा भइरहेको छ । पूर्वाञ्चलमै पहिलोपटक दिउँसो तथा बेलुकी हुने उक्त प्रतिस्पर्धा अहिले साँझ ६ बजेदेखि सुरु हुने भएकाे छ ।

हिजो भएको खेलमा रिजालको मोरङ ११ ले भूटानको टिम थिम्पु फुटबल क्लबलाई २–० गोलले पराजित गरेको थियो ।

सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई १२ लाख ७१ हजार र उप–विजेतालाई ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्रदान गरिने आयोजक समितिका अध्यक्ष नवीन रिजालले बताए । त्यस्तै, टुर्नामेन्टको प्रत्येक दिन हुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ । यसबाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५–२५ हजार राशिको पुरस्कार प्रदान गरिने छ ।

 

उक्त खेललार्इ कोशी अनलाइनकाे फेसबुक पेज र युट्युवमार्फत् हेर्न सकिन्छ ।

https://www.facebook.com/koshionline/

प्रतिक्रिया

Loading...