अन्तराष्ट्रिय टी–२० का लागि महिला क्रिकेटर बंगलादेश प्रस्थान

कोशी अनलाइन
चैत्र १८, झापा, यसै महिना बंगलादेशमा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगितामा भाग लिन महिला क्रिकेट खेलाडी बंगलादेश प्रस्थान गरेका छन् । राष्ट्रिय टोलीकी कप्तान रुविन क्षत्री बेलबासेको नेतृत्वमा मिलन क्रिकेट क्लब (एमसीसी) र आरती बिडारीको नेतृत्वमा राइजिङ क्रिकेट फर वमन (आरसिडब्लू) ले बंगलादेशमा हुने प्रतियोगितामा भाग लिन नेपाली महिला क्रिकेटर भारत हुदै बंगलादेश प्रस्थान गरेका हुन् ।

बंगलादेशको रंगपुरस्थित लालमोनिरहाट जिल्लामा आयोजित अन्तराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

क्रिकेटरलार्य मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा क्रिकेट संघका अध्यक्ष लाक्पा लामा लगायतले विदाई गरे ।
टोलीमा नेरी थापा, सीता राना मगर, करुणा भण्डारी, सरिता मगर, इन्दु वर्मा, रितु कनौजिया, सोनु खड्का, सन्तोषीकुमारी चौधरी, काजोल श्रेष्ठ, सरस्वतीकुमारी चौधरी, अलिसा केसी, सुमन विष्टलगायत छन् ।

प्रतिक्रिया

Loading...