Rumpum

Rumpum Advertisement

एउटा चर्चित होटेल, जसको न त छानो छ, न त कुनै भित्ता नै

एउटा चर्चित होटेल, जसको न त छानो छ, न त कुनै भित्ता नै

विना बित्ता, अनि बिना छानो, यस्तो पनि होटेल होला र ? तर यो सत्य हो कि यो संसारमा एउटा छानो र कुनै पनि भित्ताहरु नभएको होटेल छ, जुन निकै चर्चित छ । यस्तो अनौठो होटेल स्विजरल्याण्डमा छ । जसको नाम हो । नल स्टर्न होटेल । यसको न त छानो छ, न कुनै भित्ता । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।

एउटा डाँडोको टुप्पोमा रहेको यो होटलमा बाथरुमको पनि कुनै व्यवस्था छैन । स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएको भनिन्छ । पछि ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरिएको बताईन्छ ।

खुल्ला आकाशमुनि चउरमा रहे पनि यो निकै महंगो छ । जहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ