२३ भाषामा पढाउने रोबोट शिक्षक नियुक्त

कोही शिक्षकले २३ भाषामा पढाउन सक्ला ? सायदै त्यस्तो शिक्षक पाउन मुस्किल होला । तर २३ भाषामा एउटा रोबोट शिक्षकले पढाउन थालेको छ । फिनल्याण्डको एउटा बिद्यालयमा क्षमतावान एउटा रोबोट शिक्षकलाई नियुक्त गरिएको छ । उक्त रोबोट शिक्षकको क्षमता र दक्षता देखेर बिद्यार्थी मात्र होईन्, शिक्षक पनि दंग त छैन् नै, अचम्मित पनि छन् ।

समाचारमा जनाईए अनुसार फिनल्याण्डको टेम्परीस्थित एक प्राथमिक विद्यालयमा रोबोटलाई परीक्षणको रुपमा शिक्षकको जागिर दिइएको छ । जसले २३ भाषामा बिद्यार्थीहरुलाई पढाउने गर्दछ ।

बिद्यार्थीहरुले बिभिन्न खाले धेरै प्रश्न गर्दा पनि उसले झर्को नमानी जवाफ दिईरहन्छ । साथै पढाईबाट बिद्यार्थी थाके पनि गंगनम स्टाइलमा नाचेर विद्यार्थीलाई मनोरन्जन दिन्छ ।

यो रोबोट शिक्षकको नाम एलियास हो । जुन एक फुट अग्लो छ ।

सफ्टबैंकको एनएओ इन्टरेक्टिभ क्याम्पेनियन रोबोट कार्यक्रम अन्तर्गत विकशित गरिएको यो रोबोटको सफ्टवेयर प्रोग्राम युटेलियास नामक कम्पनीले डिजाइन गरेको हो ।

यो रोबोटले पढाउँदा विद्यार्थीहरुमा अध्ययन गर्ने रुची थपिएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

Loading...