Rumpum

Rumpum Advertisement

रङ्ग दुनियाँमा चम्किदै देउवा

रङ्ग दुनियाँमा चम्किदै देउवा

प्रकाशचन्द्र बुढाऐर/डडेल्धुरा, चैत १८ । सुदूरपश्चिमको पहिचान देउडा गित हो भन्दा फरक पर्दैन्, यही इतिहासबाट धेरै कलाकार जन्माएको छ सुदूरपश्चिमले, कोही गित, कोही संगित त कोही पर्दा अगाडी दौडिरहेकै छन् ।

यही रंङ्गीन दुनियाँमा नयाँ जोडिदै गरेको नाम हो दिपेन्द्र देउवा । डडेल्धुरा जिल्लाको रुवाखोलामा जन्मिएका देउवा राजनीति मात्रै गर्दैनन्, रङ्ग दुनियाँमा पनि चम्किएका छन्, त्यही नाम हो दिपेन्द्र देउवा ।

त्रिभुवन विश्वविद्यालयको सेवामा कार्यरत उनी एक असल मोडल र फरक कोणका कोरियोग्राफर पनि हुन । आफ्नो कार्यालय समय बाहेकको समयमा उनी आधुनिक गित, चलचित्रका गित र सुदूरपश्चिमका अधिकांश देउडा गितहरुमा नृत्य निर्देशनमा व्यस्त देखिन्छन् ।

सुदूरपश्चिम कै लोकप्रिय देउडा गित ‘मेरी निर्मला’ र ‘खेल देउडा चैतली’ को सुटिङ सेटमा व्यस्त रहेका उनले म्युजिकल भिडीयोबाट यहाँको सांस्कृतिक र भौगोलिक पर्यटकिय विविधताको सुन्दरतालाई सबै माझ लोभ लाग्दो गरि पुगाउने इच्छा प्रकट गरे ।

डडेल्धुरा जिल्लामा नृत्य अभिनयको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले नृत्य कक्षाहरु समेत सञ्चालनमा ल्याएका छन । उनले अझै थप निखारपनाका साथ यस क्षेत्रमा गति लिन सफल होउन् शुभकामना ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ