Rumpum

Rumpum Advertisement

अमेरिकामा चिया पसल थापेर एक महिलाले कमाईन साढे ३ अर्ब

अमेरिकामा चिया पसल थापेर एक महिलाले कमाईन साढे ३ अर्ब

केही बर्ष पहिले अमेरिकी महिला ब्रुक एडी भारत पुगिन् । उनी भारतमा चियाको पारखी भएर आफ्नै देश फर्किईन् । उनले आफ्नो देशमा चिया पकाएर बेच्न सुरु गरिन् । चिया पसल धेरै चलेपछि उनी करोडपति बनेकी छिन् ।

उनले सुरुमा चियाको व्यापारलाई पार्टटाईमको रुपमा चलाउने गरेकोमा मालामाल हुन थालेपछि फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् ।

समाचारमा जनाईए अनुसार उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरिसकेकी छिन् ।

भारतमा उनलाई चियाको स्वाद निकै मन परेको थियो । आफ्नो देश फर्किएपछि उनी एक दिन नजिकैको क्याफेमा चिया पिउन गईन्, तर भारतमा जस्तो चियाको स्वाद उनले पाईनन् । त्यसपछि उनले त्यही स्वादको चिया आफूले बनाउने प्रण गरिन् । त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोबार सुरु गरिन् । सुरुमा भारतीय चियाको स्वाद दिन उनलाई समस्या भए पनि बिस्तारै सिक्दै गईन् र उनको चियाको स्वादले लोकप्रियता पायो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ