अब सेक्स डल मात्रै होईन, सेक्स रोबोट पनि आयो

काठमाण्डौँ, चैत १७ । सेक्स डल बारे त धेरैले सुनेकै छन् । अब सेक्स रोबोट पनि बन्न थालेका छन् । महिलाको यौन चाहनालाई मध्यनजर गरेर रोबोर तयार पारिएको छ । तर यसको मूल्य भने उच्च छ । यस्तो रोबोटको मूल्य ८ हजार पाउण्ड अर्थात् झण्डै १२ लाख रुपैयाँ पर्दछ ।

यो रोबोटको नाम हेनरी राखिएको छ । यसमा अत्याधिक यौनक्षमता भएको बताईएको छ । साथै यसले जोक्स सुनाएर हँसाउन सक्ने पनि बताईएको छ ।

सिक्स प्याक भएको यो पुरुष सेक्स रोबोट ६ फिट अग्लो छ । यो सुगठित जिउको छ, सिक्स प्याकयुक्त । यसको गाढा लुक्सले महिलालाई भुतुक्कै पार्न सक्दछ ।

अमेरिकाको डिलावेरमा रहेको रियलबटिक्स कम्पनीले तयार गरेको सेक्स रोबोटको तौल ३८ किलोको छ ।

प्रतिक्रिया

Loading...