नेपाल टेलिकमले पनि मोबाईल फोनमा ब्यालन्स सापटी दिन सुरु गर्‍यो

काठमाडौं, चैत १६ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई आजबाट मोबाईल फोनमा ब्यालन्स सापटी दिन सुरु गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर टेलिकमले यो सेवा सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले नमस्ते क्रडिट नाम दिईएको यो सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा लिनका लागि मोवाइलको म्यासेज बक्समा कतबतगक टाइप गरी १४७७ मा पठाउनु पर्ने हुन्छ । टेलिकमले जनाए अनुसार यो सुविधा अन्तरगत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईम को सुविधान लिन सकिन्छ ।

सेवा लिन नचाहनेका लागि कतयउ टाईप गरी १४७७ मा एसएमएस पठाउन मिल्ने व्यवस्था गरिएको छ । यो सेवा सुचारु भएसँगै व्यालेन्स सकिएर फोन काटिने समस्या हट्ने भएको छ ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बास्कोटाले नेपाल टेलिकमले ढिलै भएपनि यो सेवा सुरु गरेकोमा प्रशंशा गरेका छन् ।

प्रतिक्रिया

Loading...