‘अर्जेन्टिनाले रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ’–अर्जेन्टिनी पूर्व गोलकिपर गाटी

कोशी अनलाइन
चैत्र १६, अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनाका पूर्व गोलकिपर हुगो गाटीले जनताले मेस्सीकै खेल हेर्न चाहेको बताएका छन् । एउटा टेलिभिजनको अनतर्वातामा उनले मेस्सीले स्पेनविरुद्धको खेल खेल्नैपर्ने बताएका हुन् ।


उनले चोटका बावजुद पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेलेको भन्दै मेस्सीको आलोचना गरेका छन् । अजेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको टोली स्पेनसँग लज्जास्पद ढंगले हार्दा मेस्सीले स्ट्यान्डबाट हेरेका थिए । मेस्सी खेलको बीचमै उठेर हिडेका थिए ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले राष्ट्रिय टोलीमा उपलब्ध हुनका लागि बढी मेहनत गर्नुपर्नेमा जोड दिए । उनले रोनाल्डो त्यो विषयमा गम्भिर रहेको पनि थपे । एउटा टेलिभिजन अन्तवार्ताका क्रममा गोटीले भने, ‘मेस्सीले खेल्नु पथ्र्यो । जनता उनलाई हेर्न चाहन्छन् । रोनाल्डोले विगतमा त्यस्तो गरेका छन् ।’

गोटीले राष्ट्रिय टोली मेस्सीमा मात्र निर्भर नरहेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन मेस्सीका कारणले मात्र टोली बन्ने होइन । मलाई त्यस्तोमा विश्वास छैन । गोटीले जस्तो दाबी गरे पनि अर्जेन्टिना र उनका समर्थकले भने रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ ।’
स्पेनसँगको खेल ६–१ को गोल अन्तरले हारेका कारण अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सीबिना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए ।

प्रतिक्रिया

Loading...