नेपालमा ग्यालेक्सी एस ९ र एस ९ प्लसको वितरण सुरु

काठमाडौं, चैत १४ । सामसङको ग्यालेक्सी एस ९ र एस ९ प्लसको वितरण सुरु गरिएको छ । मार्च २३ देखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई उसले सो स्मार्ट फोनहरु बितरण गरेको हो ।

संसारको सर्वोत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको ग्यालेक्सी एस ९ र एस ९ प्लसको बिक्रिबितरण सुरु भईसकेको मोबाइल शाखाका प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिएका छन् ।

यी दुई स्मार्ट फोन लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् ।

यसका साथै सामसङले १२ हप्ताको लागि १२००० जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको उनले जानकारी दिएका छन् । यसैगरी शिखर बीमाको सहयोगमा ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Loading...