आइफोनका प्रयोगकर्ता भारतमा मात्रै एक करोड पुगे

विश्वभरी नै आइफोनको क्रेज चलिरहेको कुरा सबैलाई थाहा भएकै कुरा हो । यो जति सुकै महङ्गो भए पनि यसको लोकप्रियता घटेको छैन् । विश्व बजारमा पाएको आईफोनका प्र्रयोगकर्ता भारतमा मात्रै एक करोड पुगेका छन् ।

विश्वमा दोश्रो धेरै जनसंख्या भएको देश भारतमा आइफोनका प्रयोगकर्ता एक करोड पुगेको र भारतमा एप्पलको आइफोन ११ औँ लोकप्रिय ब्राण्ड बनेको समाचार छ ।

सन् २०१७ को अन्त्यमा सार्वजनिक तथ्यांक अनुसार भारतमा ८९ लाख मानिससँग आइफोन रहेकामा यस वर्ष सन् २०१८ मा थप ३० लाख आइफोन प्रयोगकर्ता थपिने अनुमान गरिएकोमा वर्षको पहिलो त्रैमासिक सकिनै लाग्दा भारतमा आइफोन प्रयोगकर्ताको संख्या एक करोड पुगेको मार्केट रिसर्च कम्पनी साइबर मिडिया रिसर्चको रिपोर्टले देखाएको छ ।

तर भारतमा विभिन्न १० मोबाइल ब्राण्डका प्रयोगकर्ता १ करोडभन्दा धेरै पुगिसकेका छन् । हाल भारतमा १० हजार भन्दा कम मूल्यका स्मार्टफोनले ५६ प्रतिशत हिस्सा ओगटेका छन् । सस्तो स्मार्टफोन अधिक भएको भारतीय बजारमा १ करोड मानिसको हातमा आइफोन पुग्नु सकारात्मक संकेत भएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

Loading...