fbpx

यी हुन बढेको पेट घटाउने चार प्रभावकारी मन्त्र

खानपान र जीवनशैलीका कारण पेट बढ्ने समस्या आम समस्या बन्दै गएको छ । तर नियमित व्यायाम गर्ने हो भने बढेको पेटलाई घटाउन सकिन्छ । साथै तपाईले गर्ने दैनिक क्रियाकलापहरुमा केही परिवर्तन ल्याउने हो भने पनि बढेको पेट घट्छ । हामीले यहाँ बढेको पेट आफै घरमै घटाउने केही टिप्सहरु उल्लेख गरेका छौँ ।

–सुन्दा अलि अचम्म लाग्ला, तर छिटो–छि–टो कुरा गर्दा पनि तपाईंको पेट बढ्न सक्छ । छिटो–छिटो कुरा गर्ने वानीले तपाईंको मुख हुँदै पेटमा हावा जान्छ जसले गर्दा तपाईंको पेट फुल्छ । पेट फुल्दा खाएका कुराहरु राम्ररी पचाउन सकिदैन । खानेकुरा पचाउन नसक्नु पेट बढ्नुको मुख्य कारण हो ।

–वैज्ञानिक सोधबाट यो पत्ता लागेको छ कि, हाँस्दा पेटको मसल्स चलायमान हुन्छन् । तपाई जति धेरै हाँस्नु हुन्छ, त्यति नै बढी पेटको एक्सरसाइज हुन्छ । पेटको एक्सरसाइज हुँदा तपाईंको बढेको पेट घट्छ । यसकारण सधैं खुसी रहनुहोस्, हाँस्नुहोस् ।

–भोकै बस्ने बानीले तपाईंको मेटाबोलिज्म बिग्रिन जान्छ । जसले गर्दा तपाईंको पेटको वरीपरि फ्याट जम्मा हुन्छ । यसकारण हरेक २ घण्टाको अन्तरमा केही न केही खाने गर्नुहोस् ।

–हरेक दिन कम्तिमा पनि ४ लिटर पानी पिउँदा तपाईंको तौल नियन्त्रणमा रहन्छ । साथै यसले तपाईंको पाचन प्रणालीमा पनि फाइदा पुर्याउँछ ।

प्रतिक्रिया

4 × 2 =

Loading...