fbpx

निद्रा लाग्दैन् ? डाक्टर आचार्य भन्छन् यी हुन निद्रा लगाउने उपाय

धेरैले आफुलाई निद्रा नलाग्ने गरेको सुनाउँछन् । निद्रा नलाग्दा हुने छटपटिले उनीहरु हैरान भएका हुन्छन् । बिभिन्न कारणले निद्रा नलाग्ने समस्या आएको हुन सक्छ । उठ्ने र सुत्ने समयको टुंगो नहुँदा निद्रा नलाग्ने समस्या आउँछ । तर स्वास्थ्य समस्याका कारण पनि निद्रा नलाग्न सक्छ । त्यसैले निद्रा कसरी लगाउने भन्ने बारेमा यहाँ सिभिल अस्पतालका न्युरोलोजिस्ट डा. निरञ्जन आचार्यले केही टिप्सहरु उल्लेख गरेका छन् ।

१। आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।

२। बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।

३। सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

४। घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।

५। दिउँसो सुत्ने बानी हटाउने ।

६। धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।

७। स्वस्थ आहार लिने ।

८। मोटोपन घटाउने ।

९। नियमित व्यायाम गर्ने ।

प्रतिक्रिया

fourteen + eleven =

Loading...