fbpx

विहानै लामो श्वास लिँदा हुने चार प्रमुख फाईदा

श्वासप्रश्वास विना उर्जा अनियन्त्रित प्रक्रियाको रुपमा चलिरहेको हुन्छ । हामीले राम्रोसँग श्वास लिने हो भने स्वस्थ भईन्छ । साथै लामो आयु पनि बनाउँछ । विहान श्वास लिनु निकै फाईदाजनक छ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गरेमा यसले तल उल्लेखित बिभिन्न लाभहरु हाम्रो शरीरलाई दिन्छ ।

तनाबमुक्त बनाउछ
गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छ
श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छ
अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोग
गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

प्रतिक्रिया

11 − 6 =

Loading...