fbpx

मज्जाले हाँस्नुहोस्, यी ७ फाईदा ग्रहण गर्नुहोस्

के हाँस्दा पनि फाईदा होला र ? धेरैले प्रश्न गर्न सक्छन् । तर हाँस्नु वास्तवमै हाम्रो शरीरका लागि निकै फाईदाजनक छ । हाँस्दा शरीरमा आलस्य नआउने देखी ब्याक्टेरिया र भाइरसको नष्ट गर्ने सम्मका कामहरु गर्छ ।

–एक घन्टा हाँस्दा शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

–तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ ।

–हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।

–लगातार १५ मिनेट हाँस्दा दुई घन्टासम्म शरिरमा आलस्य नआउने अध्ययनले देखाएको छ ।

–दिल खोलेर एक घन्टा हाँस्दा शरिरको मांशपेशीलाई बलियो बनाउँछ ।

–राम्रोसँग हाँस्दा मुटुमा रगत र अक्सिजनको राम्रो प्रवाह हुन्छ । शरिरबाट एर्डोफिन नाम गरेका रसायनबाहिर निस्किन्छन् र मुटु स्वस्थ हुन्छ ।

–हाँस्दा अनुहारको मांशपेशीमा कसरत हुन्छ । निधारमा चाउरी पर्दैन ।

प्रतिक्रिया

eight − 5 =

Loading...