fbpx

यी हुन दमका बिरामीले खान हुने र नहुने कुराहरु

हाम्रो देशमा अहिले दमका रोगीको संख्या कम भएको तथ्याङ्क छ । तर पनि कहिँकतै नयाँ रोगीहरु देखिने क्रम भने छँदैछ । यो स्वाससम्बन्धी समस्या बनाउने रोग हो । स्वास फेर्न गाह्रो हुनु, हिँड्दा उकाले चढ्दा, आरालो चढ्दा, बोल्दा स्वास बढ्नु जस्ता लक्षणले दम रोग भएको संकेत गर्छ । यस्ता बिरामीहरुले केही खानेकुराहरुमा पनि ख्याल गर्नु पर्ने हुन्छ । हामीले यहाँ दमका बिरामीले खान हुने र नहुने कुराहरु उल्लेख गरेका छौँ ।

खान नहुने कुराहरु
–जाँड, रक्सी, चुरोट, सुर्ति खानु हुँदैन ।

–बढी चापेको बेलामा चिल्लो, दुध, दही, घिउ खानु हुदैन् ।

–दमका बिरामीले केरा, फसी, मुला, तोरीको साग खानु हुदैन ।

खान हुने कुराहरु
–दमका बिरामीलाई तातो पानी अमृत सरह हुन्छ । तातो पानी पिइरहने, बाफ लिने, नाक मुखबाट ।

–खानेकुराहरु रस, रातो वा मुगको दाल तरकारीको झोलहरुले फाइदा गर्दछ ।

–सुकेको अदुवाको टुक्रा मुखमा राख्दा वा चपाउँदा खोकी कम हुन्छ ।

–खाना हल्का र सादा खानुपर्दछ ।

–अदुवा, पिपला, मरिच मिसाएर, पिध्ने र १–१ चम्चा धुलो महसँग खाँदा पनि राम्रो हुन्छ ।

प्रतिक्रिया

one + 15 =

Loading...