fbpx

यी कारणले दुख्छ मेरुदण्ड अर्थात ढाड

हाम्रो शरीरलाई चलाएमान बनाउन खम्बाको रुपमा काम गर्छ, मेरुदण्डले । यसले हाम्रो सम्पूर्ण शरीरलाई धान्ने गर्छ । तर विश्वका ६०–७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट ग्रसित भएको तथ्याङ्कले नै देखाउँछ । मेरुदण्ड दुख्ने समस्याले मान्छेमा शारिरीक, मानसिक, सामाजिक, आर्थिक, यौन सम्बन्ध आदिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी गरिरहेको हुन्छ। मेरुदण्ड दुख्नुका बिभिन्न कारणहरु हुन सक्छन् ।


१। बढ्दो उमेर,
२। मांशपेशीहरुको कमजोरी,
३। बढी निहुरिएर काम गर्नुपर्ने अवस्था,
४। भारी तौल भएका सामानहरु उचाल्ने, बोक्नेजस्ता काम गर्नुपर्ने अवस्था,
५। लामो समयसम्म एउटै आसन वा पोजिसनमा बसेर, उभिएर काम गर्नुपर्ने अवस्था,
६। चोटपटक,
७। गर्भवती हुँदा र बच्चा जन्मिसकेपछि मांशपेशी र लिगामेन्ट कमजोर भएको अवस्था,
८। शरीरका विभिन्न भाग जस्तैः मिर्गौला, महिलामा पाठेघर आदि अंगको समस्या
९। मोटोपन, आदि।

साथै
– साइकल, मोटरसाइकल धेरैबेर चलाउनु,
– अग्लो हिल भएको जुत्ता लगाएर हिँड्नु,
– नियमित व्यायाम नगर्नु,
– चिकित्सक तथा दक्ष व्यक्तिको सल्लाहबिना आफूखुसी वा टेलिभिजन–भिडियो हेरेको भरमा गरिने व्यायाम, योग, आसनहरु
– लामो समयसम्म खाल्डाखुल्डी सडकमा यात्रा गर्नु,
– ध्यान नपुर्याईकन जिम तथा भारी कसरतहरु गर्नु, आदि।

प्रतिक्रिया

4 × three =

Loading...