fbpx

यी हुन डिप्रेसनका मानसिक र शारीरिक लक्षणहरु

नेपाल मात्रै होईन् विश्वमा समेत मानसिक रोगीको संख्या बढ्दो छ । यसका बिभिन्न कारणहरु छन् । अहिले बढी जसो युाहरुमा डिप्रेसनको समस्या बढ्दो छ । यो एउटा चुनौतीको रुपमा देखा परेको छ । कुनै पनि मानिसमा मानसिक समस्या देखिएमा हाम्रो समाजले हेर्ने दृष्टिकोणले गर्दा यस्तो समस्या भएकाहरु झन जटिल मोडमा पुगिरहेका छन् । यसमा सबैले सचेत हुनु जरुरी छ । यसका लागि सबैभन्दा पहिले यसको पहिचान गर्न सक्नु पर्छ । त्यसैले हामीले यहाँ डिप्रेसनका मानसिक र शारीरिक लक्षणहरु यहाँ उल्लेख गरेका छौँ ।

मानसिक वा मनोसामाजिक लक्षण
१। प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु।

२। दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरुबाट एक्लिनु वा एकान्तमा रहनु।

३। केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।

४। सोच्न र सम्झन नसक्ने हुनु।

५। आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।

६। सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु।

७। बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।

८। कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु ।

शारीरिक लक्षण
९। अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु।

१०। भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु।

११। निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।

१२। यौन चाहना र तुष्टिमा कमी आउनु।

१३। कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।

१४। कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।

प्रतिक्रिया

11 − eight =

Loading...