fbpx

यसरी घरमै गर्नुस् आफ्नो पेट आफै सफा

तपाईलाई थाहा नै होला अस्वस्थकर खानाले स्वास्थ्यमा हानी गर्छ । अस्वस्थकर खानाले सबैभन्दा बढी असर पेटमा पर्छ । हामीले थाहा पाएरै त अस्वस्थकर खाना खाँदैनौँ । तर थाहा नपाएर खाईएको हुन सक्छ । जसले गर्दा पेटमा समस्या आउँन सक्छ । र रोग पनि लाग्न सक्छ । यस्तो अवस्थामा पेटलाई कसरी सफा राख्ने त भन्ने बारे यहाँ केही टिप्सहरु उल्लेख गरेका छौँ ।

–खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ । यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ ।

–एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।

–अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पु¥याउँछ । दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।

–पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ । यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि दूर गर्छ ।

प्रतिक्रिया

thirteen + 18 =

Loading...