fbpx

यी लक्षण देखिएमा प्रोस्टेट ग्रन्थिमा खराबी आएको बुझ्न सकिन्छ

आजकल प्रोस्टेट ग्रन्थिको समस्या भएका बिरामीहरुको संख्या बढ्दो छ । यसलाई प्रोस्टेटग्लान्ड भन्ने गरिन्छ । हाम्रै जीवनशैलीका कारण यो समस्या बढ्दै गएको छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थि बिग्रने समस्या धेरै देखिएको छ । यो ग्रन्थि पिसाबथैलीको ठीक तल हुन्छ । प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थिका नामले पनि यसलाई चिनिन्छ । यहाँ युरोलोजिस्ट दीपक रौनियारले यी लक्षण देखिएमा प्रोस्टेट ग्रन्थिमा खराबी आएको बुझ्न सकिने कुरा उल्लेख गरेका छन् ।

लक्षणहरू :
–पिसाब छिटो–छिटो लाग्ने,

–पिसाबको धारा मसिनो हुने,

–पिसाब छरिएर जाने, पिसाब लागेजस्तो हुने तर नआउने अथवा कम आउने,

–पिसाब फेर्न जाँदा झट्ट ननिस्कने अर्थात् एकछिन पर्खनुपर्ने,

–पिसाब फेर्न बल गर्नुपर्ने,

–पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो हुने,

–पिसाब रोक्न नसकिने, पिसाब फेरिसकेपछि र फेर्नुअघि दुख्ने,

–नाइटोवरिपरि दुख्ने, नाइटोदेखि अण्डकोषसम्म दुख्ने,

–कम्मरदेखि अण्डकोषसम्म दुख्ने,

–अण्डकोषदेखि मलद्वारसम्म दुख्ने,

–पिसाब गन्हाउने,

–पिसाबमा रगत देखा पर्ने,

–नाइटोवरिपरि दुख्ने,

–यौनसम्पर्क गर्न नसक्ने,

–यौनसम्पर्कपछि वीर्य खस्दा दुख्ने, पोल्ने,

–वीर्यमा रगत देखा पर्ने,

–लिंगमा कडापन नहुने,

–यौनरुचि कम हुँदै जाने आदि

यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ । समयमा उपचार नपाए निःसन्तान हुनुका साथै क्यान्सर पनि हुन सक्छ ।

प्रतिक्रिया

nine − 1 =

Loading...