रामनवमीको अवसरमा महोत्सवको सुरुवात

चैत १०, इलाम, ‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँ ’ भन्ने नाराका साथ रामनवमीका असवरमा इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा शनिबारदेखि दुईदिने सांस्कृतिक महोत्सव सुरु भएको छ ।

जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढाप पोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि उनले बताए ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडीबुटीहरू, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शनी तथा अवलोकन प्रमुख आकर्षण रहने बताइएको छ । महोत्सवमा ढाप पोखरीमा डुंगा सयर गर्नका साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाइने अध्यक्ष भट्टराईले बताए । (रासस)

प्रतिक्रिया

Loading...